भोजपुरका तामाङ् उपचारको क्रममा घरवार विहिन भएपछि अस्पतालवाट सहयोगको अपिल


भोजपुर । भोजपुरको षडानन्द नगरपालिका दिंला बजारका बिरबहादुर तामाङ्गले उपचारको क्रममा घरवार विहिन भएपछि सहयोगको लागि याचना गरेका छन् । तामाङको दुवै मिर्गौला फेल भएपछि उपचारको क्रममा भएका जायजेथा सकिएपछि काठमाडौंको टिचिङ्ग हस्पिटलको वेडवाट थप उपचारको लागि आर्थिक सहयोगको याचना गरेका हुन् ।

९ बर्षअघि तामाङ्गले मिर्गौलामा सानो पानी फोका देखा परेको उनकी श्रीमती दिकी तामाङ्गले बताए । २ बर्षअघि देखि थपरोगले च्यापेपछि पटक–पटक धरानको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र काठमाडौंको वीर अस्पतालमा उपचार गराउँदै औषधी सेवन गरिरहेका थिए । पछिल्लो समय कोभिड– १९ का कारण २ महिनासम्म हस्पिटल गएर उपचार गर्न र औषधि समेत सेवन गर्न नपाएपछि साउनमा गएर जाँच गर्दा उनको दुवै मिर्गौला फेल भएको श्रीमती दिकीले वताईन् । श्रीमती आँफै पनि नशा रोगी भएको र लामो समयसम्म उपचार गर्दा धेरै खर्च भएको वताउँछिन् । ४४ बर्षीय तामाङ्गको उपचारको क्रममा घरवारविहिन भएपछि २ वटा छोरीको समेत विल्लिवाठ भएको छ ।
तामाङ्गले उपचारको क्रममा २५ लाख भन्दा वढि उपचारमा खर्च भईसकेको वताईन् । तामाङ्ग दम्पतीले उपचार गर्दा लाखौं खर्च भएपछि सम्पत्तीको नाममा रहेको दिंला बजारको घर समेत बेचिसकेकाछन् । उपचार गर्दा गर्दा घरवार विहिन भएको उनले दिकीले वताईन् । आँफु सँग पैसा भईन्जेल उनिहरुले उपचारकोलागि छरछिमेकी, आफन्तले सहयोग गर्छु भन्दापनि आँफुले नमानेको वताउछन् । अहिले आएर उनिहरुको जायजेथा सकिएर ऋण परेपछि केहि सिप नलागेर सहयोग को लगि अनुरोध गरेको वताउँछन् । “सकेसम्म सहयोग नमाग्ने हाम्रो विचार थियो तर हाम्रो केहि नलागे पछि मर्नु भन्दा बौलाउनु निको भन्ने भनाईलाई आत्मसाथ गर्दै हामीले सहयोगको याचना गरेका छौं” श्रीमती दिकीले खवरट्वीट सँग विलौना पोखिन् ।

उपचारमा समस्या आएपछि उनका छरछिमेकी तथा आफन्तले सहयोग उठाउने अभियान थालेका छन् । तामाङ्गको उपचारको लागि अभियान थालिको छिमेकी नगेन्द्र तामाङ्गले वताए । आर्थिक सहयोगको लागि मिर्गौला पिडित विरवहादुर तामाङ्गको एनआईसी एसिया बैंकको दिंला शाखामा रहेको खाता नम्वर (M987955255052401) मा तथा उनको मोवाईल नम्वर ९८४१८४२२३८ मा पनि सम्पर्क गर्न सकिने छ ।

सहयोगको लागि निम्न नम्वरहरु ९९८६५१६२२४०, ९८५२०५२३३१ , ९८४१८४२२३८० मा पनि सम्पर्क गर्न सकिने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार