आफ्नो बाचा पुरा गर्दै मुख्यमन्त्री राईः सतिघाटमा पक्किपुलको ठेक्का


भोजपुर । मुख्यमन्त्री राजेन्द्र राईले आफ्नो एउटा महत्वपुर्ण बाचा पुरा गरेका छन् । प्रदेश नं. १ को मुख्यमन्त्री भए लगतै गृहजिल्ला आएका मुख्यमन्त्री राईले लम्सुवाघाटमा पक्कि पुल निर्माणमा ढिलाई भए सतिघाटमा बन्छ भनेर प्रतिबद्धता व्यक्त गरेका थिए । आज उनैको विशेष पहलमा सतिघाटमा पक्कि पुलको ठेक्का लागेको छ ।

लम्सुवाघाटको पक्किपुल १२ बर्ष वितिसक्दा पनि नबनेपछि केहि दिन अगाडी मात्रै मुख्यमन्त्री राई स्थलगत अनुगमनमा गएका थिए । अनुगमनको क्रममा पुल बन्ने अवस्था नदेखेपछि लम्सुवाघाटको पक्किपुलको हालको ठेक्का रद्ध गरि नयाँ ठेक्का तथा डिजाईन परिवर्तन गर्नुपर्ने निर्णय भएको थियो ।

लम्सुवाघाटको पक्कि पुल निर्माणमा ढिलाई हुने भए पछि मुख्यमन्त्री राजेन्द्र कुमार राईको पहलमा सतिघाटमा पक्कि पुलको ठेक्का लागेको छ । ठेक्का लागिसकेको छ अब कहिले देखि सुरुहुने र कहिले निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौतामा खुल्ने मुख्यमन्त्री राईको भनाई छ ।

मुख्यमन्त्री राईको फाल्गुन १८ गतेको लम्सुवाघाटको पुल स्थलगत निरिक्षण अनुगमनलाई अहिले स्थानीयहरुले निकै महत्वपुर्ण लिएका छन् । मुख्यमन्त्री राजेन्द्र राई आम सर्वसाधरणको दुखः कष्टलाई ध्यानमा राखी अनुगमनमा गएका थिए । अनुगमन पश्चात मुख्यमन्त्री राई लम्सुवाघाटमा पक्किपुल बन्न धेरै समय लाग्ने भएकोले उक्त स्थानमा झोलुङ्गे पुलको अत्यन्तै आवाश्यकतालाई ध्यानमा राखी अनुगमन स्थलबाट नै सम्बन्धित मन्त्रालयका सचिवलाई निर्देशन दिइएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार