छाँगे झर्नामा देशु गोलेको सम्योजकत्वमा १० फिट अग्लो गुरु रिन्पोछेको मुर्ती अनावरण


भोजपुर । भोजपुरको अत्यन्तै पर्यटकीय क्षेत्रको रुपमा रहेको जिल्लाकै अग्लो छाँगे झर्नामा गुरु रिन्पोछेको मुर्ती स्थापना भएको छ । राम बहादुर गोले परिवारको पहल र देशु गोलेको सम्योजकत्वोमा मुर्ती स्थापना भएको छ । बुवा र आमाको सपनालाई साकार गर्न ढुङ्गामा खोपेर मुर्ती निर्माण भएको छ ।

मुर्ती करिब १५ लाख लगानीमा निर्माण सम्पन्न भैइ शनिबार राब्ने समेत भएको छ । १ सय ३९ मिटर लम्बाई रहेको उक्त झर्ना करिब छरठ बर्ष देखि चर्चामा रहेको छ । यस क्षेत्र पर्यटकीय क्षेत्र मात्रै नभएर धार्मिक क्षेत्र धाम समेत रहेको छ । धार्मिक तथा पर्यटकीय क्षेत्र भएकोले आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन निक्कै बाक्लो हुने गरेको छ ।

बर्षमा कात्तिके पुर्णे, बैशाखे पुर्णे साथै भदौरे पुर्णेमा गरि तिन समयमा मेला लाग्ने गरेको छ । मेलामा हजारौं भक्तजन तथा आन्तरिक पर्यटकहरुको गुईचो लाग्ने गरेको छ । हिउँदको समयमा विभिन्न क्षेत्र बाट धामको दर्शन गर्न धार्मिक भक्तजनहरु र छाँगे झर्नामा रमाउनको लागि आन्तरिक पर्यटकहरु हप्तामा ३०र४० जना अवलोकन गर्न आउने गरेको स्थानिय शोम्बा तामाङले जानकरी दिए ।

उक्त झर्ना सम्म पुग्नको लागि सैमा टोल सिरान देखि छाँगा सम्म पुग्न प्रदेश सरकारका साम्सद राजेन्द्र कुमार राईको पहलमा रु। ५० लाख र नगरपालिका बाट १० लाख बजेटले करिब ७ सय सिढी निर्माण भएको छ । यस क्षेत्रमा खाने पानी तथा टोईलेट्को समेत राम्रो ब्यबस्थापन गरिएको छाँगे झर्ना निर्माण उपभोक्ता समितिका अध्यक्ष शोम्बा तामाङले बताए ।

छाँगे झर्ना तेसै पनि पर्यटकीय क्षेत्र हो झन अब गुरु रिन्पोछेको मुर्ती स्थापना भए पछि अझै महत्त्वपूर्ण क्षेत्र भएको आन्तरिक पर्यटक पुस्प बहादुर तामाङले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार