दिङ्ला । सिनिय जुनियर स्थानीय व्याडमिन्ट प्रतियोगिताको उपाधी दावा शेर्पा र दुर्गा तामाङको जोडीले हात पारेका छन् । दिङ्ला व्याडमिन्टन संघको कर्वडहलमा भएको प्रतियोगिताको उपाधी शेर्पा र तामाङको जोडीले जित्दा लेखनाथ र रमेश श्रेष्ठको जोडी उपविजेता बनेका छन् । प्रतियोगितामा नरेन्द्र तामाङ र विर बहादुर तामाङको जोडी तृतीय भएका छन् भने सन्तोष र दिवश मंग्रान्तीको जोडी सान्तवन्न बनेका छन् ।
प्रतियोगितामा विजेता हुने टिमले मेडल प्रमाण–पत्र र एउटा खसि प्राप्त गरेका छन् भने उपविजेता टिमले मेडल प्रमाण पत्र र एउटा भाले प्राप्त गरेका छन् । साथै तृतीय हुने टिमले मेडल प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रतियोगिता जुनियर खेलाडीहरुलाई प्रोत्साहन हौसला दिन र खेलकुद क्षेत्रको विकासमा टेवा पु¥याउन पनि यो प्रतियोगिताले सहयोग पु¥याएको दिङ्ला व्याडमिन्टन संघका अध्यक्ष रमेश श्रेष्ठले बताए । खेलको संयोजकत्व स्थानीय खेलाडी नगेन्द्र राईले गरेका थिए । प्रतियोगितामा ११ टिम सहभागी बनेका थिए ।