षडेश्वर सीताराम मन्दिरको शिलान्याश


भोजपुर । भोजपुरको उत्तरी क्षेत्रको एक ऐतिहासिक षडेश्वर सीताराम मन्दिरको शिलान्याश भएको छ । श्री १०८ आवाल ब्रम्हाचारी षडानन्द अधिकारीले निमार्ण गरेको षडेश्वर सीताराम मन्दिरको आज षडानन्द नगरपालिकाकी उप–प्रमुख मेरिका राईले शिलान्याश गरिेकी हुन् । नेपाल सरकार पुरातत्व विभागबाट पुनः निर्माण गर्नको लागि बजेट विनियोजन भएको छ । बुधबार पुनः निर्माणको लागि अष्ट दिक्पालको पुजा गरि शिलान्याश गरिएको षडानन्द सीताराम गुठीका अध्यक्ष कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् ।

मन्दिरको पुनः निर्माणको लागि पुरातत्व विभागबाट साँढे २ करोड भन्दा बढी बजेट विनियोजन भएको थियो । बिना भ्याट प्रदेश निर्माण सेवा प्रा.लिले रु १ करोड ४३ लाखमा ठेक्का लिएको छ । पुनः निर्माणको काम २०७९ असार मसान्तभित्रमा सम्पन्न गर्नु पर्ने छ ।

ऐतिहासिक क्षेत्रमा भएको यो पुरानो मन्दिरमा बर्षमा २ पटक लाग्ने मेला बालाचर्तुदशी र रामनवमी मेलामा पुर्वीपहाडी जिल्लाहरुबाट भक्तजनहरुको घुँइचो लाग्ने गरेको छ । अन्य दिनपनि बाक्लै संख्यामा भक्तजन मन्दिर दर्शनको लागि आउने क्षेत्रमा मन्दिरको पुनः निर्माणपछि अझ मन्दिर यस क्षेत्रको महत्व बढ्ने षडानन्द सीताराम गुठीका धार्मिक समिति संयोजक हरि भित्रिकोटीले बताए ।

मन्दिरको मुहार फेर्ने र दिङ्लाको महत्व पहिचानलाई माथी उठाउन षडानन्द सीताराम गुठीले धेरै संघर्ष गर्दै आईरहेको छ । अबको दिनमा निर्माण कार्यपछि केहि उदेश्य पुरा हुने षडानन्द सीताराम गुठीका अध्यक्ष कृष्ण प्रसाद पौडेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार