भोजपुर । नेपाली कांग्रेस भोजपुर क्षेत्र नं. ख को सभापतिमा मदनबहादुर खुलाल सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपसभापतिमा घमचन्द्र दाहाल र भविन्द्र राई सर्वसम्मत चयन भएकाे नेपाली कांग्रेस भाेजपुरले जनाएकाे छ ।
शनिवार भएको अधिवेशनमा सचिवमा विनम श्रेष्ठ र निम्नुरी शेर्पा, सहसचिवमा प्रलाद थापा र विशुराम राई भएका छन् भने सदस्य स्मृति कार्की चयन भएका छन् ।