एमालेबाट टेम्केमैयुङ गाउँपालिका अध्यक्षमा ध्रुव र उपाध्यक्ष रमा राई उम्मेदवार


भोजपुर । टेम्कैमैयुङ गाउँपालिकामा अहिलेका अध्यक्ष ध्रुवराज राईलाई फेरि उम्मेदवार बनाउने निर्णय गरिएको छ । टेम्केमैयुङको उपाध्यक्षमा रमा राईलाई उम्मेदवार बनाउन सिफारिस गरिएको छ । रमा हाल जिल्ला समन्वय समिति भोजपुरकी सदस्य छिन् ।
२०७४ को चुनावमा टेम्केमैयुङमा एमालेविरुद्ध सबै दल एक भएर उम्मेदवारी दिएका थिए । यहाँ गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरम, नेपालका रामसिंह राई ध्रुवराज राईसँग पराजित भएका थिए । एमालेका ध्रुवराज राईले २ हजार ७ सय ८० मत ल्याउँदा रामसिंले २ हजार ६ सय ३२ मत प्राप्त गरेका थिए ।
उपाध्यक्षमा नेपाली कांग्रेसका सरोज बस्नेतले २ हजार ६ सय ९१ मत ल्याउँदा एमालेबाट इन्द्रावती राई २ हजार ७ सय १८ मत ल्याएर विजयी भएकी थिइन् । हाल उपाध्यक्ष राई नेकपा एस प्रवेश गरिसकेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार