भोजपुर । भोजपुरमा नेकपा एमाले विभाजनको असर कम मात्र परेको छ । तत्कालीन नेकपामा विवाद हुँदादेखि प्रचण्ड–माधव र त्यसपछि माधव नेपाललाई साथ दिएका अधिकांश नेता एवं जनप्रतिनिधिले समेत एमाले नै रोजेका छन् ।भोजपुरमा २ नगरपालिकासहित ९ स्थानीय तह छन् । २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेका २१२ जना निर्वाचित भएका थिए । ती...