भोजपुर । भोजपुरमा पहिलो पटक ‘मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता’शुरु भएको छ । भोजपुर नगरपालिका ७ कोदारमा रहेको रंगशालामा प्रतियोगिता शुरु भएको हो । प्रतियोगितामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशले सहभागिता जनाएका छन् । प्रतियोगिता चैत्र २४ देखि २८ गतेसम्म सञ्चालन हुने छ ।
प्रतियोगिताको कोशी प्रदेशका पूर्वसख्यमन्त्री शेरधन राई उद्घाटन गर्नुभयो । कार्यक्रम बोल्दै उहाँले आफू मुख्य मन्त्री हुँदा प्राथमिकता साथ बजेट विनियोजन गरे खेल मैदानसँगै विभिन्न संरचना निर्माण गरेको बताउनुभयो । जिल्लामा राम्रो खेलमैदानको आवश्यकता ठहर गरेर मुख्यमन्त्री हुँदा अन्तराष्ट्रियस्तरको रंगशाला निर्माण गर्न सफल भएको उहाँको भनाइ छ ।
प्रतियोगिताका लािग कोशी प्रदेश सरकारले रु २० लाख सहयोग रहेको राष्ट्रिय भलिबल संघका केन्द्रीय महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभयो । भलिबल संघको पहलमा जिल्लामा पहिलो पटक प्रतियोगिता सञ्चालन गर्न सफल भएको उहाँको भनाइ छ । प्रतियोगिता सञ्चालनको लागि जिल्लाका स्थानीय तहहरु र व्यक्ति तथा विभिन्न संघ संस्थाको पनि सहयोग रहेको छ । आइतबार भएको प्रतियोगितामा कोशी प्रदेशले वागमती प्रदेशलाई ३–० को साझो सेटमा पराजित गरेको छ ।
प्रतियोगितामा प्रथम हुनेले रु. तीन लाख, दितिय हुनेले रु. एक लाख ७५ हजार, तृतिय हुने समुहले रु. ८० हजार र चौथो हुने समुहले रु.४० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
्
प्रतिक्रिया