+
Search

ताजा अपडेट +

पपुलर +

पाँच प्रदेशको सहभागितामा मुख्यमन्त्री कप

प्रतियोगितामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेश गरी पाँच प्रदेशका खेलाडीहरुको सहभागिता हुने

नागरिक आवाज
२०८१ चैत्र २४, आईतवार ०७:५६ गते

भोजपुर । भोजपुर सदरमुकाममा आजबाट पाँच प्रदेशको सहभागितामा मुख्यमन्त्रीकप राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुने भएको छ ।
प्रतियोगितामा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश गरी पाँच प्रदेशका खेलाडीहरुको सहभागिता हुने छ । प्रतियोगिता चैत्र २४ बाट २८ गतेसम्म भोजपुर नगरपालिका वडा नम्वर सात, कोदारमा रहेको रंगशालामा संचालन हुनेछ ।
करिव ३० लाखको लागतमा संचालन हुने राष्ट्रिय भलिवल प्रतियोगितामा कोशी प्रदेश सरकारबाट २० लाख रकम सहयोग गर्ने छ भने अन्य रकम जिल्लामा रहेका पालिकाहरु र ब्यक्ति तथा संघसंस्थाहरुबाट संकलन गरिने महासचिव संग्राम किराँतीले बताए । मुख्यमन्त्रीकप पुरुष राष्ट्रिय भलिवल प्रतियोगितामा कोशी प्रदेश सरकारको प्रदेश खेलकुद बिकास बोर्ड बिराटनगर प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ ।
प्रतियोगिता संचालनका लागि भोजपुर नगरपालिकाबाट दुई लाख, टेम्केमैयुङ गाउँपालिका दुई लाख, षडानन्द नगरपालिका एक लाख ५० हजार, हतुवागढी गाउँपालिकाबाट एक लाख, पौवादुङमा गाउँपालिकाबाट एक लाख सहयोग हुने छ । अन्य पालिकाहरुबाट पनि सहयोग हुने आयोजक संस्थाले जनाएको छ । बिभिन्न ब्यक्तिहरु त्था संस्थाहरुले समेत प्रतियोगिता संचालनका लागि सहयोग गरि रहेको आयोजकले जनाएको छ ।
जिल्ला भित्रका नौ वटा पालिकाको सहप्रायोजन रहने प्रतियोगितामा कोशी प्रदेश भलिवल संघले प्राबिधिक सहयोग गरेको छ । प्रतियोगितामा तर्फ प्रथम तीन लाख, दोश्रो एक लाख ७५ हजार, तेश्रो ८० हजार र चौथो हुने टिमलाई ४० हजार पुरस्कार प्रदान गरिने आयोजक जिल्ला भलिवल संघका अध्यक्ष बिन्द्र कुमार तामाङले जानकारी दिनुभयो । यस्तै अन्य उत्कृष्ट पाँच बिधामा ५० हजार, सर्वोत्कृष्ठ विद्यालाई २५ हजारका साथमा मेडल, ट्रफी र प्रमाणपत्र बितरण गरिने अध्यक्ष तामाङले बताए ।
प्रतियोगिताको तयारी करिव पुरा भएको जनाउँदै आयोजक संस्थाले उद्घाटन कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईबाट हुने जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नागरिक आवाज