भोजपुर । मोफसलकै सर्वाधिक धनराशी पुरस्कारको मुख्यमन्त्री कप खुला पुरुष भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । चैत २४ देखि २८ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा देशका विभिन्न क्षेत्रका टोली सहभागी हुने आयोजक जिल्ला भलिबल संघ भोजपुरले जनाएको छ ।
“राष्ट्रिय खेलको राष्ट्रिय प्रतियोगिता उत्सवको रुपमा मनाऔँ, स्थानिय कला, संस्कृति र रैथाने स्वादमा रमाऔँ ।“ भन्ने मूल सन्देशका साथमा ऐतिहासिक भलिबल प्रतियोगिता सुरु हुन लागेको हो । स्थानीय भोजपुर सदरमुकाममा सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ३ लाख पुरस्कार हात पार्नेछ । त्यस्तै दोश्रो, तेश्रो र चौँथो हुने सहभागी टोलीले क्रमशः १ लाख ७५ हजार, ८० हजार र ४० हजार नगद पुरस्कार हासिल गर्ने आयोजकले जनाएको छ ।
कोशी प्रदेश सरकारको प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेश विराटरनगरको मुख्य प्रायोजक रहेको उक्त प्रतियोगितामा उत्कृष्ट विधालाई ५० हजार, सर्वोत्कृष्ट हुनेलाई २५ हजार नगदका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक जिल्ला भलिबल संघ भोजपुरका महासचिव संग्राम राईले जानकारी दिए ।
प्रतिक्रिया