भाेजपुर । भाेजपुरमा ट्याक्टरले किच्दा आठ वर्षिया बालककाे मृत्यु भएको छ । षडानन्द नगरपालिका–१४ मा को २ त ८६९७ नम्बरको ट्याक्टरले किचेर ८ वर्षीय सौगात कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, भाेजपुरले जनाएको छ ।
षडानन्द–१२ का विकास कार्कीका छोरा सौगात सडकछेउ पार्किङ गरेर राखिएको ट्याक्टरमा खेल्ने क्रममा दुर्घटनामा परेका थिए।
पार्किङ गरी चालक खाना खान गएका बेला दुर्घटना भएको प्रहरीले जनाएको छ। बालकले खेल्दा अगाडि बढेको ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको थियो। त्यही क्रममा उनी किचिएका थिए।
दुर्घटना लगत्तै ट्याक्टर चालक षडानन्द–१२ का २२ वर्षीय भुवन भट्टराई फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया