भोजपुर । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी षडानन्द नगर कमिटीको दोस्रो पुर्ण विस्तारित बैठक सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादीका केन्द्रिय कमिटी सचिव तथा १ नं. प्रदेशका माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईको प्रमुख आतिथ्यमा बैठक सम्पन्न नगर कमिटीका अध्यक्ष हरि भित्रिकोटीले जानकारी दिए ।

बैठकले फाल्गुन मसान्त सम्म पहिलो बैठकबाट निर्णय भएको १५ दिने अभियानलाई निरन्तरता दिने निर्णय गरेको छ । विस्तारित बैठकबाट नगर कमिटीको पदाधिकारीहरु थप गरेका छन् उपाध्यक्षमा भिम राई उप–सचिवमा उपेन्द्र श्रेष्ठ र मणि कुमार तामाङ चयन भएका छन् ।

बैठकमा केन्द्रिय कमिटी सचिव तथा प्रदेश नं. १ माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईले विचलित नभई समाज परिवर्तनको लागि निरन्तर लागि रहनु पर्ने बताएका थिए । नयाँ पार्टी हो भनेर अतालिनु पर्ने आवाश्यक नरहेको उनले बताएका हुन ।

बैठकमा केन्द्रिय सदस्य तथा भोजपुर जिल्ला कमिटी ईन्चार्ज रमेश शाक्य, केन्द्रिय सदस्य तथा जिल्ला सह–ईन्चार्ज ईन्द्रवती राई, प्रदेश कमिटी सदस्यहरु जिल्ला कमिटी अध्यक्ष वीरजंग राई, जिल्ला कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटी सदस्य साथै नगर कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको समेत अध्यक्ष भित्रिकोटीले जानकारी दिए ।
प्रतिक्रिया