भोजपुर । भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ । गएराती भोजपुर नगरपालिका ५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बर ट्याक्टर भोजपुर नगरपालिका–३ सेतीबगर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा भोजपुर नगरपालिका ५ का वडा सदस्य निर प्रसाद फुयाल र सोहि ठाउँका स्थानीबासी भक्तबहादुर थापाको मृत्यु भएको हो ।
ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख युवराज तिम्सिनाले जानकारी दिनुभयो ।
भोजपुरमा ट्याक्टर दुर्घटनामा वडा सदस्यसहित दुईको मृत्यु
२०८१ चैत्र ३१, आईतवार ०७:२० गते

प्रतिक्रिया