भोजपुर । षडानन्द नगरपालिका कृषि विकास शाखाको आयोजनामा कृषि जैविक विविधता प्रदर्शनी मेला सम्पन्न भएको छ । प्रदर्शनी मेलामा पञ्चकन्या कृषि सहकारी समूह षडानन्द नगरपालिका ९ पहिलो भएको छ भने पुनर्जागरण कृषि सहकारी समूह षडानन्द नगरपालिका १० दोस्रो भएको छ साथै बोयाली कृषि समुह षडानन्द १३ तेस्रो भएको छ ।
प्रदर्शनीमा षडानन्द नगरपालिकाको १२ वटा कृषि समूहहरूले स्टलमा प्रदर्शन गरेका थिए । प्रदर्शनीमा पहिलो हुने समूहले २५ हजार दोस्रो हुने समूहले १५ हजार र तेस्रो हुने समूहले १० हजार प्रोत्साहन स्वरूप पुरस्कार पाएका छन ।
कृषि प्रदर्शनी मेला कार्यक्रममा विभिन्न जातजातिको झाँकी प्रदर्शन समेत भएको हो । कार्यक्रममा सहभागी हुने कृषि समूह र झाकी समुहले प्रोत्साहन स्वरुप ५/५ हजार पुरस्कार पाएका छन ।
प्रतिक्रिया