+
Search

ताजा अपडेट +

पपुलर +

भाेजपुरमा संकल्प यात्रामा अवरोध गर्न खोज्ने  जिल्ला संयोजकसहित ४ जना पक्राउ

नागरिक आवाज
२०८० मंसिर २६, मंगलवार ०८:०१ गते

भोजपुर । नेकपा एमालेको संकल्प यात्रामा अवरोध गर्न खोज्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भोजपुरका सयुक्त संघर्ष समितिको संयोजक बिदुर राई, जसपा नेपालका प्रदेश सदस्य मिना राई, समाजवादी विद्यार्थी युनियनका केन्द्रिय सदस्य पनन राई, जसपा नेपालका जिल्ला सदस्य दिनेश राईलाई पकाउ गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको टोली आजबाट कोशी प्रदेश प्रवेश गर्दैछ ।
प्रहरीले एमाले कार्यक्रममा अवरोध हुन सक्ने भन्दै कोशीका मध्य पहाडी जिल्लामा कडा सुरक्षा व्यवस्था मिलाएको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नागरिक आवाज