+
Search

ताजा अपडेट +

पपुलर +

भाेजपुरमा घरमा आगलागी हुदाँ जलेर पुर्णरूपमा नष्ट

नागरिक आवाज
२०८० कार्तिक ११, शनिबार १५:०१ गते

भोजपुर । अरूण गाउँपालिकाको याकुमा शनिवार लागेको आगोले घर सहित नगद र गरगहना जलेर नष्ट भएको छ ।

अरूण गाउँपालिका- ५, लुकुवाका चिरञ्जीवी खडकाको घरमा भएको आगलागीबाट घर पुर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बूले जानकारी दिए ।

धुप बाल्ने क्रममा आगो लागि हुदाँ ढुङगा माटो र काठले बनेको २ तले खरको छानो भएको घरको माथिल्लो तला पुर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट घरमा रहेको नगद दुई लाख तीस हजार, तीन तोला सुन, ४५ मुरी धान, अन्नपात ,भाडाबर्तन, लत्ताकपडा र घर भित्र रहेको अन्य सामग्री नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

नागरिक आवाज