+
Search

ताजा अपडेट +

पपुलर +

बहुकक्षा शिक्षणको अन्त्य गर्दै युनाईटेड वल्र्ड स्कुल्स नेपाल

नागरिक आवाज
२०७८ पुष ४, आईतवार १३:२७ गते

संखुवासभा । संखुवासभा, गुल्मी र ताप्लेजुङ जिल्लाको ग्रामिण क्षेत्रमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको क्षेत्रमा काम गरिरहेको सामाजिक संस्था युनाईटेड वल्र्ड स्कुल्स नेपाल संखुवासभाले संखुवासभा जिल्लामा रहेका ३ वटा स्थानिय तहहरुसँगको साझेदारीमा १६ जना स्यमसेवक शिक्षक व्यवस्थापन गरको छ ।
युनाईटेड वल्र्ड स्कुल्स नेपाल संखुवासभा र संखुवासभा जिल्लाको मादी नगरपालिका, सभापोखरी गाउँपालिका, मकालु गाउँपालिका र पाचखपन नगरपालिकामा ५ वर्षको लागी स्यंमसेवक शिक्षक साझेदारीका लागी सम्झौता सम्पन्न भएको युनाईटेड वल्र्ड स्कुल्स नेपाल संखुवासभाका शिक्षा संयोजक आशिष अधिकारीले जानकारी दिए । सम्भौतामा स्थानिय सरकार बाट ५० प्रतिशत र यु डब्लु एस नेपालबाट ५० प्रतिशत गरेर शिक्षकको लागी सेवा सुविधाको व्यवस्थापन गर्ने सम्झौता भएको छ ।
अधिकारीका अनुसार स्ंयमसेवक शिक्षक संखुवासभा जिल्लाको ४ वटा स्थानिय तहहरुमा साझेदारी सम्भौता भएको र हाल मादि नगरपालिकामा १३ जना ,सभापोखरी गाउँपालिकामा १ जना र मकालु गाउपालिकामा २ जना गरि जम्मा १६ जना स्ंयमसेवक शिक्षक व्यवस्थापन गरेकाे छ । पालिकामा शिक्षक व्यवस्थापन भएपछि यु डब्लु एस लाई सहकार्यको लागी धन्यवाद दिदै विद्यार्थीहरुले गुणस्तरिय शिक्षा पाउनमा सहयोग पुगेको मादि नगरपालिकाका शिक्षा शाखा संयोजक मातृका प्रसाद दाहालले बताए । त्यसैगरी विद्यालयमा शिक्षकको अभावको कारण बहुकक्षा शिक्षण गरिरहनु परेको अवस्थामा यु डब्लु एस नेपाल र र मकालु गाउँपालिकाको साझेदारीमा शिक्षक व्यवस्थापन भएपछि बर्षौ देखी गरिदै आएको बहुकक्षा शिक्षण को अन्त्य भएकोमा खुसी प्रकट गर्दै श्री बालसुधा आधारभुत विद्यालयकी प्रधानाध्यापक सरस्वती पोखरेलले आगामी दिनमा विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनेमा आफु विश्वस्त रहेको बताइन ।
यु डब्लु एस नेपालले नेपालको अधिकांश गा्रमिण विद्यालयहरुमा शिक्षक अभावको कारण कार्यलय सहयोगीले समेत कक्षा शिक्षण गरिरहनु परेको र बहुकक्षा शिक्षण लाई हटाई विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न संखुवासभामा १६ जना र गुल्मी जिल्लामा १९ जना गरी जम्मा ३५ जना स्ंयमसेवक शिक्षक स्थानीय सरकारहरु सगको सहकार्यमा व्यवस्थापन गरिएको र यु डब्लु एस नेपालले हालसम्म संखुवासभा, गुल्मी र ताप्लेजुङ मा गरी ४५ वटा सामुदायिक विद्यालयहरुको निर्माण गरसिकेको र निर्माण सम्पन्न भएका विद्यालयहरुमा ७ हजार जना विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको युनाईटेड वल्र्ड स्कुल्स नेपाल संखुवासभाका शिक्षा संयोजक आशिष अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

नागरिक आवाज