भोजपुर । हतुवागढी गाउँपालिकाले आगलागी पीडित ८२ वर्षीया सहर माया राईलाई राहत सामग्री उपलब्ध गराएको छ ।
शनिबार गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई राहत तथा बन्दोबस्तिको सामान लिएर हतुवा गाउँपालिका– ५, टोङमाखावा टोलमा आगलागी पीडितका घरमा निरीक्षणका लागि पुगेका थिए । गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा घटनास्थल पुगेको रेडक्रस प्रतिनिधिले संयुक्त रूपमा पिडित राईलाई सिरक, डस्ना, लत्ताकपडा, भाँडाकुडा, त्रिपाल, खाद्यसामग्री हस्तान्तरण गरेका हुन् ।
नजिकै जङ्गलमा लागेको डढेलो मानव बस्तीमा पुगेर आगलागी हुँदा एक्लै बस्दै आएकी राईको घर पूर्णरूपमा जलेर नष्ट भएको हो । इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरी टोली र स्थानीयको सक्रियतामा आगो निभाइएकोले थप क्षति भने भएको छैन । जङ्गल नजिकै घर रहेकाले पूर्णरूपमा जलेर नष्ट भएको वडाध्यक्ष सुरेश कुमार राईले जानकारी दिए । वडाध्यक्ष राईका अनुसार आगलागीबाट घर र गोठ जलेर नष्ट हुनका साथै १२ वटा बाख्रा मरेको छ । आगलागिबाट धनमाल, लत्ता कपडा र पशु चौपाया जलेर नष्ट हुँदा ५ लाख बढीको क्षति भएको जनाइएको छ ।
भोजपुरमा आगलागी पीडित ८२ वर्षीया राईलाई गाउँपालिकाको सहयोग
२०८१ चैत्र २४, आईतवार ०७:४७ गते

प्रतिक्रिया