काठमाडौ । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न अहिलेसम्म देशभरका ३५६ स्थानीय तहमा प्रथम सेवा बिन्दु पुगेको जनाएको छ ।
आईतवार बोर्डको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिइएको हो । सम्मेलनमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. रघुराज काफ्लेले ४७.७ प्रतिशत स्थानीय तहमा बोर्डको आफ्नै प्रथम सेवा बिन्दु रहेको जानकारी दिनुभयो । उहाँले अहिलेसम्म पनि ३९७ स्थानीय तहमा प्रथम सेवा बिन्दु नपुगेको जानकारी दिँदै ति स्थानीय तहका विमित सेवाग्राहीहरुले नजिकैको अर्को स्थानीय तहमा गएर सेवा लिनुपर्ने बाध्यता रहेको बताउनु भयो । तुलनात्मक रुपमा शहरी क्षेत्र सुगम क्षेत्रका स्थानीय तहहरुमा बीमा सेवाको प्रथम सेवा बिन्दु धेरै पुगेको जानकारी दिनुभयो । कार्यकारी निर्देशक काफ्लेले प्रत्येक वर्ष बीमा नविकरण नगर्ने विमितहरुको संख्या समेत बढ्दै गएको बताउनु भयो । उहाँकाअनुसार वि.स. २०७४÷०७५ मा बीमा नविकरण नगर्ने ५४ प्रतिशत, ०७८÷७९ मा ६४ प्रतिशत तथा रहेकोमा चालु आर्थिक वर्षको हालसम्मको संख्या ५४ प्रतिशत रहेको छ । एकचोटी बीमा गरिसकेपछि किन बीमा नविकरण गर्दैनन् भन्नेबारे विश्लेषण गरेर समाधानको उपाय खोज्न जरुरी रहेको बताउनु भयो ।
दोहोरोपनाको कारण विमितको यथार्थ विवरण प्राप्त गर्न समेत कठिन भएको उहाँको भनाइ छ । यद्यपि स्वास्थ्य बीमा गरेका विमितहरुले स्वास्थ्य उपचार सेवा लिने क्रम बढ्दै गएको समेत उहाँले जानकारी दिनुभयो । लक्षित वर्गभन्दा शहर र सुगम क्षेत्रका नागरिकले धेरै स्वास्थ्य उपचार सेवा लिने गरेको बोर्डको तथ्यांक छ ।
३९७ स्थानीय तहमा अझै पुगेन स्वास्थ्य बीमा बोर्डको प्रथम सेवा बिन्दु
२०८१ चैत्र २४, आईतवार १६:५२ गते

प्रतिक्रिया