कविताः तिम्रै निम्ति


तिम्रै निम्ति जिन्दगीका
स्वर्णिम एक युग सकेर
नराम्ररी पराजित हुँदै
विस्मृतिका बलात् बर्बरतामा
छट्पटाइ रहेका सपना बोकेर
आफ्नै खुशी लिलाम गरि
आफ्नै सपनाहरूको मलामी
जाँदैछु म
तर छैन आत्मग्लानी,
पस्चताप, प्रतिशोध अनि बदला
केवल छ त्याग समर्पण अनि
युगान्तकारी कसम मात्रै तिम्रो निम्ति

हिजो तिम्रै शरीरको अवयब थिएँ
तिम्रो शरीरको कहिल्यै नटुकृने शिला
तर आज फुट्देैछु, फाट्देैछु
पलपल च्यातिदैछु धुजाधुजा भएर
फाट्देैछन् सम्बन्धका धाँजाहरु
अनायसै किन ?

तर अझै मन छ
मलाई आफैसङ्ग निथार्न
एकथोपा नरहने गरि निचोर्न
मेरो शरीरको एक एक थोपा रगत
अनि एक एक धड्कन स्वास रित्याउन
तिम्रो निम्ति मेरो आरोग्यताको बली चढाएर
तिमीले दिएको एक धर्को सिन्दुरको
मूल्य चुकाउन

भोजपुर –४ दावाँ मान्द्रे

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार