दिङ्लामा स्लो मोटरसाईकल रेस प्रतियोगिता हुने


भोजपुर । भोजपुरको दिङ्लामा स्लो मोटरसाईकल रेस प्रतियोगिता हुने भएको छ । दिङ्ला क्षेत्रका स्थानीय युवाहरुको आयोजनामा उक्त प्रतियोगिता अषाढ ८ गते हुने भएको छ । विभिन्न ठाउँमा उक्त प्रतियोगिता अतिनै लोकप्रिय देखिएको छ यस क्षेत्रमा पनि प्रतियोगिता आयोजना गर्न सकिन्छ भन्ने सन्देश स्वरुप सुरु गरिएको आयोजकको भनाई छ ।

प्रतियोगिता षडानन्द नगरपालिकाको घ्याम्पे रंगशालामा अषाढ ८ गते सम्पन्न हुने छ । प्रतियोगितामा प्रथम हनुेले ११ हजार १ सय ११, द्धितिय हुनेले ५ हजार ५ सय ५५ र तृतीयले १ हजार १ सय ११ प्राप्त गर्ने छन् ।

प्रतियोगितामा सहभागी हुन अषाढ ७ गते साँझ ५ बजे सम्म नाम दर्ता गराई सक्नु पर्ने आयोजकले बताएका छन् । नाम दर्ता गर्नको लागि उनिहरुले ९ सय ९९ रुपैँया लाग्ने उनिहरुको भनाई छ । दिङ्ला बजार क्षेत्रका युवाहरु निर्दाेष राई, योगेन श्रेष्ठ र उमेशजंग राईले प्रतियोगिताको आयोजना गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार