षडानन्द नगरमा सत्तारुढ गठवन्धन दलको बैठक सम्पन्नः सबै वडामा गठबन्धन गर्ने निर्णय


भोजपुर । षडानन्द नगरपालिकामा पनि स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूले गठबन्धन गर्ने भएका छन् । गठबन्धनमा रहेका दलहरूको आज बसेको बैठकले आगामी स्थानीय तह निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने निर्णय गरेको हो । नगरपालिकाको प्रमुख, उप–प्रमुख र १४ वटै वडाहरूमा गठबन्धन गर्ने निर्णय भएको हो । यस्तै अर्को चरणको बैठक मंगलबार ११ बजेदेखि बस्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार