एकीकृत समाजवादी भोजपुरको प्रथम जिल्ला भेला सम्पन्न


भोजपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भोजपुरको बृहत जिल्ला भेला सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रिय उपाध्यक्ष तथा स्कुल विभाग प्रमुख प्रमेश हमालको प्रमुख आतिथ्यमा जिल्ला भेला सम्पन्न भएको हो ।

जिल्ला भेलामा पार्टीका केन्द्रिय उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य जयन्ती राई र केन्द्रिय कमिटीका सचिव तथा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईको विशेष आतिथ्य रहेको थियो ।

पार्टीका केन्द्रिय उपाध्यक्ष जयन्ती राईले शक्तिको रुपमा समाजवादी पार्टी कमजोर नरहेको बताईन । सत्यको पक्षमा जनताको दुखः सुखमा मलम लगाउन श्रमजिवि बर्गको आन्दोलन गर्ने पार्टी भएको कारण कमजोर सम्झिनेहरुलाई समाजवादी पार्टी ढुङ्गा चपाउनुसर हुने बताईन । झुटो बोलेर जनताको आखाँमा छारो हाल्ने काम गर्नेहरुको भण्डाफोर गर्दै जनताको लोकप्रिय पार्टी बन्ने समेत राईले बताईन ।

जनताको पक्षमा काम गर्नु पर्ने कम्युनिष्ट पार्टीहरुले केपि ओलीको सरकारले आफ्नो भलो हुने काम गरे । भ्रष्टचारीलाई संरक्षण गर्ने, जनतालाई झुक्याउने जनतालाई छल्ने व्यक्तिवादी शासन गर्ने भएकोले नयाँ पार्टीबाट अगाडी बढिरहेको छौं । समाजवादको यात्रामा बढ्नु पर्ने तर त्यो दिशातिर कहिल्यै नहिड्ने भएको कारण नयाँ पार्टी खोल्न आवाश्यक भएको कारण एकीकृत समाजवादीको निर्माण भएको पार्टीका केन्द्रिय कमिटी सचिव तथा १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राईले बताए ।

मानिसलाई बुझाउन समय लाग्छ तर राम्रो कुरा बुज्न मानिसलाई धेरै लाग्छ तर आत्तिन नहुने समेत राईले आग्रह गरे । समाजवादी अहिलेको अवस्थामा शक्तिको साथ नयाँ जोस जाँगर र असल मानिसहरु समाजवादीमा रहेकोले समाजवादी अब शक्ति शालि पार्टी हुने पनि राईले बताए ।

देश भरिका युवाहरु समाजवादीमा भएको कारण समाजवादी बलियो पार्टी बन्ने निश्चित रहेको समेत मुख्यमन्त्री राईले बताए ।

पार्टीको शक्ति प्रदर्शनको रुपमा आयोजित कार्यक्रममा भोजपुर सदरमुकाम चार भञ्ज्याङबाट ¥यालि सुरु गरि भोजपुर नगरपालिकाको हलमा समाप्त भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार