कांग्रेस अधिवेशनः भाेजपुर क्षेत्र नं. क का सभापतिका लागि ३ जनाको प्रतिष्पर्धा


भोजपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन भोजपुरमा चलिरहेको छ । भोजपुरमा क्षेत्र नं. क का सभापतिका लागि ३ जना मैदानमा उत्रिएका छन् । सभापतिमा सरोज बस्नेत, देवेन्द्र राई र नगेन्द्र खत्री प्रतिस्पर्धाका लागि चुनावी मैदानमा उत्रिएका हुन् ।
प्रतिस्पर्धाका लागी मतदानको तयारी भई रहेको मुख्य निर्वाचन अधिकृत कमलमणी पौडेलले जानकारी दिए । उप–सभापतिका लागि ५ जनाको प्रतिस्पर्धा हुने भएको छ । जसमा वेलकुमार श्रेष्ठ, भक्त बहादुर भुजेल, महेन्द्र गुरुङ्, मिलन राई र राजन कुमार आले विच प्रतिस्पर्धा हुने भएको हो । सचिवमा उत्तम कार्की, किशोर राई, लक्ष्मी प्रसाद अधिकारी, सन्तोष कटुवाल र सुविन श्रेष्ठ विच प्रतिस्पर्दा हुदै छ भने सह सचिवमा जित बहादुर दाहाल, विक्रम खड्का, दिल कुमार राण विच प्रतिस्पर्धा हुदै छ ।
प्रदेश अधिवेशन प्रतिनिधिका लागि खुल्लाबाट अंकीत कुमार खत्री, कमल बस्नेत, गोविन्द बहादुर कटुवाल, चुडामनी दाहाल, चोलप्रसाद आले, तुलसी प्रसाद ढकाल, देवीरमण लम्साल, फुर्लाक्पा शेर्पा, बसन्तराज कार्की, मनोज कुमार चापागाई, वुद्धि ढकाल, विष्णु कुमार राई, भुपेन्द्र राना, राज कुमार राई, राजु बस्नेत, सन्तोस सुव्वा, र सुवास अधिकारी विच प्रतिस्पर्धा हुदै छ ।
खुल्ला महिला तर्फ गिता मगर, दिर्घ कुमारी कार्की, प्रतिक्षा श्रेष्ठ, मालती राई, राम कुमारी प्रधान, सरस्वाती राई, खसआर्य खुल्लामा घनेन्द्र कटुवाल र हरि प्रसाद गौतम रहेका छन् । आदिवासी जनजाती खुल्ला पदमा कर्ण बहादुर पुलामी मगर, रमेश कुमार राई, नवराज राई, संगम तामाङ्ख, र त्यस्तै गरि जनजाती महिलाका लागि पुजा राई, भिमादेवी राई र शुस्मा राई विच प्रतिस्पर्धा हुदै छ ।
यस्तै खस महिला शुसीला तिवारी अपाङ्ख तर्फ सम्भु अधिकारी र दलित तर्फ मन्दिप रसाईली निर्विरोध निर्वाचीत भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार