भोजपुरमा एमालेको अधिबेशन अपडेडः कुन पालिका को–काे भए ?


भोजपुर । नेकपा एमाले भोजपुरको सात ओटा स्थानीय तहको नगर तथा गाउँ अधिवेशन सम्पन्न भएको छ । मंगलबारसम्म एमालेले एक नगरपालिका सहित ६ ओटा गाउँपालिकाको अधिवेशन सम्पन्न गरेको हो । एमालेले भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, रामप्रसादराई गाउँपालिका, पौवादुङमा गाउँपालिका, अरुण गाउँपालिका, हतुवागढी गाउँपालिका र साल्पासिलिछो गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन गरेको हो ।
एमालेको पालिका अधिबेसनबाट पदाधिकारी सहित ७५ सदस्यीय पालिका कमिटि गठन हुने व्यवस्था छ । पालिका अधिबेसनले जिल्लाका ७५० नेताले नयाँ जिम्मेवारी पाउने एमालेले जनाएको छ ।
षडानन्द नगरपालिकामा पुरै वडामा वडा अधिवेशन गर्न बाँकी रहेको छ भने र आमचोक गाउँपलिका वडाको अधिवेशन सकिएको छ ।
पालिका अधिबेसनका लागि जिल्लाका ८१ वडामध्ये ६ कात्तिकदेखि ८ कात्तिकसम्ममा ६७ वडाको अधिबेसन सकिएको छ ।
विवरण हेर्नुहाेस्

भोजपुर नगरपालिका
अध्यक्षः दुर्गा योञ्जन
उपाध्यक्षः मायादेवी राई
सचिवः विमल रणपहेली
उपसचिव १. आशादेवी राई
२. सुमन प्रधान
जम्म सदस्यः ७५
पाैवादुङ्रमा गाउँपालिका
अध्यक्षः ज्ञानेन्द्र राई
उपाध्यक्षः पवित्रा भुजेल
सचिवः देउमान राई
उपसचिव १. मञ्जु श्रेष्ठ
२. अविराम बस्नेत
जम्म सदस्यः ७५

हतुवागढी गाउँपालिका
अध्यक्षः विचारी थापा
उपाध्यक्षः अर्थ राई
सचिवः लालबहादुर प्रधान
उपसचिव १. सञ्जाल राई
२. तिर्थकुमारी राई
जम्म सदस्यः ७०

अरूण गाउँपालिका
अध्यक्षः नारायण घिमिरे
उपाध्यक्षः इश्वर भण्डारी
सचिवः सुवास मगर
उपसचिव १. राजन श्रेष्ठ
२. मनिता तामाङ
जम्म सदस्यः ६५ थप हुने गरी

टेम्केमैयुङ गाउँपालिका
अध्यक्षः सुनिल राई
उपाध्यक्षः आशादेवी राई
सचिवः गणेश राई
उपसचिव १. लालप्रसाद लुइँटेल
२. सावित्रादेवी फुयल
जम्म सदस्यः ७५

रामप्रसाद राई गाउँपालिका
अध्यक्षः चित्रलाल वि.क.
उपाध्यक्षः फाैदासिं कार्की
सचिवः रामचन्द्र राई
उपसचिव १. बाँचकुमार राई
२. चन्द्र तामाङ
जम्म सदस्यः ७५

साल्पासिलिछो गाउँपालिका
अध्यक्षः मान बहादुर खत्री
उपाध्यक्षः ध्यान बहादुर खत्री
सचिवः श्रीकृष्ण अधिकारी
उपसचिव १. रिता घले
२. गुणराज राई
जम्म सदस्यः ७५

आमचोक गाउँपालिका र षडानन्द नगरपालिकाको भने अधिवेशन बाँकी रहेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार