भोजपुर । टेम्केडाँडा भ्रमण गर्न जाने क्रममा आज बिहान भोजपुरमा स्कर्पिओ दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । तीन जनाको अवस्था गम्भीर रहेको छ ।
भोजपुर नगरपालिका–५, बोखिमको डाडाँटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको स्कर्पिओ दुर्घटना हुँदा झापाको गौरादह नगरपालिका–७ का झम्कबहादुर घलेको मृत्यु भएको भोजपुर प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।
चालक सहित १० जना सवार उक्त गाडी अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल खसेको थियो। गम्भीर तीन जनालाई हेलिकोप्टरमार्फत् काठमाडौंका लागि पठाइएको छ ।
भोजपुर नगरपालिका–५ कि लाक्पादिकी शेर्पा, सोही वडाका रामकुमार राई र सुनसरीको धरान उपमहानगरपालिका–२ कि ईहायाराना सुब्बालाई थप उपचारका लागि हेलिकोप्टर मार्फत् काठमाडौं पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
अन्यको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ ।