भाेजपुरमा कुटपिटबाट एककाे मृत्यु


भोजपुर । भोजपुरको साल्पासिलिछो गाउँपालिका-४ खाटम्मा गोथे बजारमा कुटपिट हुँदा एक पुरुषको मृत्यु भएको छ । षडानन्द नगरपालिका- २ ताँबुटारका अन्दाजी ३१ बर्षको धर्मराज राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

सोमबार बेलुका अन्दाजी ६ बजेतिर खाटम्माको गोथेबजारमा एक आपसमा सामान्य विवाद भएपछि कुटपिट भएको खुलेको छ । कुटपिटबाट मृत्यु भएको मृतक राईको भाइ मन कुनार राईले गरेका छन ।

कुटपिटमा सङ्लग्न रहेका संकास्मद व्यक्ति प्रहरी नियन्त्रणमा रहेको छ । थप अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार