भोजपुर । आफ्नै छोराले कुटपिट गर्दा घाइते भएकी टेम्केमैयुङ गाउँपालिका-५ खावाका ४६ वर्षीया पबित्रा देवी राईको मृत्यु भएको छ ।
घरायसी बिवादका कारण यही मंसिर ९ गते उनकै छोरा २० वर्षीय सन्देश राईको कुटपिटबाट घाइते भएकी उनको उपचारको लागि जिल्ला अस्पताल भोजपुर लैजाने क्रममा आइतबार दिउँसो बाटोमै मृत्यु भएको हो ।
अभियुक्त सन्देशलाई पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।