भोजपुरमा २ बजेसम्ममा ३२ प्रतिशत मत खस्यो


भोजपुर । भोजपुरमा दिउँसो २ बजेसम्म ३२ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत मणिराम न्यौपानेका अनुसार जिल्लामा शान्ति पूर्ण रुपमा मतदान भइरहेको छ ।
मुख्य निर्वाचन अधिकृत न्यौपानेका अनुसार भोजपुर कारागारका कैदीबन्दीले मतदान गरिसकेका छन् । मतदाता नामावलीमा नाम भएका सबै ५७ जना कैदीले मतदान गरिसकेका निर्वाचन कार्यलयका कार्यलय प्रमुख तथा निर्वाचन अधिकृत तोपलाल भुसालले बताए । मतदान अधिकृत समेत रहेका भुसालका अनुसार कारागार कार्यालयमा मतदाता नामावलीमा रहेका सबै कैदी र बन्दी, कर्मचारी र सुरक्षाकर्मीले मतदान गरिसके । मतदान बिहान ७ बजेदेखि सुचारु गरिएको थियो । भोजपुरमा एक लाख २३ हजार तीन सय ७९ मतदाता संख्या रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार