संखुवासभामा स्कर्पिओको ठक्करबाट भोजपुरका ३ वर्षीया बालिकाको मृत्यु


भोजपुर । संखुवासभाको खाँदबारी नपा–९ तुम्लिङटारमा स्कर्पिओको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । बा २० च ९५०२ नम्बरको स्कर्पिओले ठक्कर दिँदा भोजपुरको षडानन्द न.पा.–५ की ३ वर्षीया मनीषा विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।
शनिबार दिउँसो साढे १२ बजे तुम्लिङटार बस स्टेशन नजिकै पैदल यात्री भोजपुरको षडानन्द–५ की ३ वर्षीया बालिकालाई बाटो काट्ने क्रममा स्कर्पिओले ठक्कर दिएको थियो। स्कर्पिओको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा मनकामना सामुदायिक अस्पताल तुम्लिङटारमा मृत्यु भएको प्रहरी निरीक्षक खनालले बताए ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। स्कर्पिओ चालक पाँचखपन नपा–१ का गोविन्द श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार