भोजपुरमा प्रदेश स्तरीय दोस्रो प्रोफेसनल आई.टि.एफ तेक्वान्दो प्रतियोगिता हुने


भोजपुर– भोजपुरमा असारको १७ गते प्रदेश नं. १ स्तरीय दास्रो प्रोफेसनल आई.टि.एफ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । भोजपुर आई.टि.एफ तेक्वान्दो जिल्ला कार्य समितिको आयोजना तथा प्रदेश नं. १ का माननीय मुख्यमन्त्री राजेन्द्र कुमार राईको सांसद क्षेत्रविकास कोषबाट विनियोजित रु. १ लाख ७५ हजार र षडानन्द नगरपालिका वडा नंं ४ को सहयोगमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा प्रदेश नं. १ का १४ वटै जिल्लाका खेलाडीहरुको उपस्थिति रहने छ । प्रतियोगितामा एक जिल्लाबाट पुरुष खेलाडी ५५–६३ केजि तौल समुहको २ जना र महिला तर्फ ४७–५५ केजि तौल समुहको २ खेलाडीहरु सहभागी हुन पाउने जिल्ला समितिका अध्यक्ष सुरेश राईले जानकारी दिए ।

जिल्ला कार्य समितिले धेरै लामो समयसम्म भोजपुरमा आई.टि.एफको फराकिलो गतिविधि प्रस्तुत नभएको समयमा प्रतियोगिताको आयोजना गरेको हो । भोजपुर जिल्लामा आई.टि.एफले स्थापना कालदेखि हालसम्म स्थानीय प्रतियोगिता देखि अन्तराष्ट्रिय उपाधीसम्म हात पारि सकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार