भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा रहेको बोया विहिवारे बजारमा भिषण आगालागी हुदाँ साढे एक वालिकाको ज्यान गएको छ । आगालागीमा परि स्थानीय खेममणी तामाङको साढे २ वर्षिया छाेरी रेश्मा तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते खेममणी तामाङ र मिना तामाङलाई थप उपचारको लागि घाईते उनीहरुलाई धारान स्थीत विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान पठाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राई बताए । उनीहरु दुबै जना जलेर गम्भीर घाईते भएका छन् ।
प्रहरी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राईले बताए । खेममणी तामाङको पसलबाट सुरु भएको आगोले आफ्नैे घर र पसल, डम्बर तामाङको २ वटा घर तथा सोहि घरमा रहेको हरि गोले तामाङको किराना पसल, अर्जुन तामाङको एक घर तथा होटल र सोहि घरमा रहेको सुर्य तामाङको कपडा पसल र टेलर्स समेत जलेर पुर्ण रूपमा नष्ट भएकोछ ।
आगालागीबाट चार घर पुर्ण रुपमा जलेर नष्ट भएको र अन्य थप क्षतीको विरण भने आउन सकेको छैन । आगो नियन्त्रणका लागि भोजपुरबाट हिडेको दमकल हालसम्म आगालगी भएको स्थानमा नपुगेको स्थानीयले बताए ।