निर्वाचनपछि सबै तहमा एमालेको सरकार बन्छ: एमाले नेता शेरधन राई


भोजपुर । निर्वाचन पश्चात तीन ओटै सरकार एमालेको बन्ने नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमुख्यमन्त्री शेरधन राईले बताएका छन् ।
जनमुखी नीति तथा कार्यक्रमका कारण देशभर एमालेको जनलहर बढी रहेको बताउदै राईले देशमा पुनः एमाले सरकार बन्न दावी गरेका हुन् । शनिबार एमालेले आयोजना गरेको भोजपुरको गुरुयोजना सार्वजनिक कार्यक्रममा बोल्दै एमाले देशको विकासको सम्वाहक रहेकोसमेत बताए ।
राईले भने,‘देशमा एमालेको लोकप्रियता बढेको छ । देशको भाग्य र भविष्यका लागि जनताले एमालेको भरोषा गरेका छन् । अवको निर्वाचनपछि देशमा एमालेको सरकार बन्छ ।’
एमालेलाई एक्लै जित्न नसक्ने अवस्था काङ्ग्रेस जस्तो पार्टीले अन्य दलको बैसाखी टेकेर निर्वाचनमा आएको छ । एमाले प्रति बढेको जन लहरको कारण विपक्षी दलहरु आतिएको राईको भनाइ छ । एमालेको नीतिको कारण देशमा शुरुङ युगको थालनी भएको राईको भनाइ छ ।
‘एमालेले विकासको योजनाको विषयमा कार्यक्रम ल्याउदा अन्य दलहरुले उडाए । एमालेको लोकप्रिय भिजन कारण देश अहिले शुरुङ युगमा प्रवेश गरेको छ । देशमा विकासको लहर चलेको छ । जनताको घर, घरमा, आगन आगनमा विकास पुगेको छ । म मुख्यमन्त्री हुँदा भोजपुरमा २० वर्ष २५ वर्षसम्म नभएको विकास भएको छ । यसको एउटा उदाहरणको लागि भोजपुर टक्सारलाई हेर्दा हुन्छ । यहाँका धेरै ठाउँमा मैले थालेका कामहरु अन्तिम चरणमा पुगेका छन् ।’ राईले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार