भोजपुर । केपि ओलीले नेपालको ठोरीमा राम जन्मेको भन्दै नेपाललाई हिन्दु राज्य घोषणा गर्न खोजेको (एकीकृत समाजवादी) केन्द्रिय कमिटी उपाध्यक्ष तथा स्कुल विभाग प्रमुख प्रमेश हमालले बताएका छन् । केपि ओलीले नेपाललाई हिन्दु राज्य घोषणा गर्न खोज्ने नेपालको सार्वभौम अधिकार माथि प्रहार गर्ने ओली संग बसेर कुनै प्रगति नहुने भएको समाजवादी पार्टीको निर्माण गर्नु परेको हमालले बताए ।
भष्टचारमा चुर्लुम डुब्ने एकलौटी निर्णय गर्ने गणतन्त्र नेपालको संविधानमाथि प्रहार गर्ने जस्ता काम केपि ओलीले गरिरहे । सच्चिनु पर्छ भनेर सुझाव सल्लाह दिदा नमान्ने गणतन्त्रको आन्दोलमा देश होमिरहँदा वयलगाडा चडेर अमेरिका नपुगिने भन्दै वसिरहेका ओलीलाई गाणतन्त्रको रक्षाको निमित्त पठाउनु नै गल्ति भएको समेत उनले बताए ।
कम्युनिष्ट पार्टीको सरकार हुँदा समाजवादको यात्रामा अगाडी बढ्नु पर्नेमा केपि ओली पुग्नु पर्ने गन्तव्य भन्दा गलत बाटोमा हिड्न थालेपछि विकल्पमा समाजवादी निर्माण भएको हो । गठबन्धनले त्यस्ता जनताको पक्षमा काम नगर्ने नेपालको संविधान माथि नै प्रहार गर्नेलाई सत्ताबाट बाहिर सडकमा ल्याएको छ । फेरी अब आउने स्थानीय तहमा गठबन्धन बलियो भएर अगाडी बड्नु पर्ने अवस्था छ । गठबन्धन सल्लाह गरेर अगाडी नबडे फेरी उहि नेपालको संविधानमाथि प्रहार गर्ने भष्टचारमा चुर्लुम ढुब्ने जस्ता काम गर्नेलाई फाईदा हुुने समेत हमालले बताए ।