भोजपुर, एकीकृत समाजवादी टेम्के मयुङ गाउँ कमिटीको अध्यक्षमा विमान राई चयन भएका छन् । आईतबार गठन भएको कमिटीको अध्यक्षमा राई सर्वसहमत चयन भएका हुन् । राईको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी घोषणा भएको छ । कमिटीको उपाध्यक्षमा प्रदिप विष्ट, असित राई र सुवासदेब राई रहेका छन भने सचिवमा मनाहाङ राई सर्वसहमत निर्वाचित भएका छन् । त्यस्तै उपसचिवमा शुकुमाया वि.क., देवराज राई र राजेश कट्वाल रहेका छन् भने कोषाध्यक्षमा गुणा राई चयन भएका छन् ।
कमिटी घोषणा कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रिय कमिटी उपाध्यक्ष तथा स्कुल विभाग प्रमुख प्रमेश हमालको प्रमुख आतिथ्य रहेको थियो भने केन्द्रिय कमिटीका उपाध्यक्ष तथा राष्टिय सभा सदस्य जयन्ति राई र केन्द्रि कमिटी सचिव तथा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईको विशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा बोल्दै केन्द्रिय कमिटीका सचिव राजेन्द्र राईले भने कम्युनिष्ट विचार भएका र कम्युनिष्ट पार्टीले समाजवादको दिशामा काम गर्नु पर्ने थियो । कम्युनिष्ट पार्टीले दुई तिहाई बराबरको बहुमत भएको सरकारमा कम्युनिट पार्टीका केपि ओली सरकार हुँदा समाजवादको दिशामा जाने काम गरेन । सुझाव दिदाँ कारबाही गर्ने जनताको पक्षमा काम गरौ भन्दा नमान्ने व्यक्तिवादी काम र भ्रष्टचारमा चुर्लुम डुब्ने जस्ता काम गरिरहे । केपि ओलीको सरकारले केहि सिन्का नभाचेको र एमालेले समाजवादको यात्रामा नहिड्ने भएकोले विकल्प खोज्नु परेको बताए । सत्यको पक्षमा हिड्दा थोरै भईन्छ केहि ढिला होला तर भोलिको दिनमा कम्युनिष्ट पार्टी एकीकृत समाजवादी जनताको बिचमा लोकप्रिय पार्टी हुने राईले बताए ।
कार्यक्रमका प्रमुख अतिथि प्रमेश हमालले भने केपि ओलीले राम नेपालको ठोरीमा जन्मेको भनि हिन्दुहरुलाई एक गरि नेपाललाई हिन्दु राज्य बनाउन खोजेको बताए । जनताको सार्वभौम अधिकार संघिय गणतन्त्र माथिनै प्रहार गर्ने आफु अनुकुल मात्रै काम गर्ने ओली संग बसेर केहि नहुने भएर समाजवादको यात्रामा लाग्न समाजवादी पार्टीको स्थापना भएको हमालले बताए । हमालले नेपालमा अहिले गठबन्धको सरकार छ गठबन्धन अझै हुने र चुनावको लागि जिल्ला जिल्लामा स्थानीय तहहरुमा गठबन्धन दलहरुले सल्लाह गरेर अगाडी बढ्न अनुरोध गरे । गठबन्धन कमजोर भयो भने फाईदा उहि जनताको सार्वभौम माथि प्रहार गर्नेहरुलाई फाईदा हुने भएकोले गठबन्धन एक ढिक्का भएर अगाडी बढ्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा केन्दिय कमिटीका सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु जिल्ला कमिटी अध्यक्ष वीरजंग राई जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।