सञ्चारमन्त्री कार्की अस्पताल उद्घाटन गर्न गृहजिल्ला आउदै


भोजपुर । नेपाल सरकारका प्रवक्ता एंव सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की विहिबार गृहजिल्ला भोजपुर आउने भएका छन् । कार्की षडान्नद नगरपालिकामा निमार्ण भएको महात्मा गान्धी मेमोरीयल अर्थात अस्पताल भवन उद्घाटनका लागी गृह जिल्ला आउने भएका हुन् ।
उनीसगैँ भारतीय राजदुतावास काठमाण्डौँका उपप्रमुख नामग्य सी. खाम्पा समेत आउने भएकि छिन् । दुवै जनाले अस्पतालको एकसाथ उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
सञ्चारमन्त्री कार्कीले विहान ११ बजे अस्पताल भवनको उद्घाटन गरी सोहि दिन दिउसो २ बजे काठमाण्डौँ फर्किने कार्यक्रम रहेको आयोजकले जनाएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार