भोजपुर जिल्ला सभापतीमा विनोद वान्तवा सर्वसम्मत चयन


भोजपुर । नेपाली काङग्रेस जिल्ला कार्य समिति भोजपुरको सभापतीमा विनोद वान्तवा सर्वसम्मत चयन भएका छन् । मंसिर ६ गते भएको निर्वाचनबाट सभापतीका उम्मेरद्वार नन्दमणी राई, विनोद वान्तवा र बालकृष्ण थापाले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि सहमतीमा सभापती चयन भएको नेपाली कांग्रेस भोजपुरले जनाएको छ ।

हिजाे भएकाे निर्वाचनकाे अन्तिम मत परिणामअनुसार बान्तावाले ४१५, राईले ३९२ र थापाले ३६० मत ल्याएका थिए । बान्तावा ४१५ मत ल्याएर पहिलो बनेका थिए भने नन्दमणि राई ३९२ मत ल्याएर दोश्रो बनेका थिए ।
तीनै जना उम्मेदवारले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पहिलो र दोश्रो मत ल्याउने बीच निर्वाचन हुने अवस्था भएकाे थियाे । तर निर्वाचनमा नगइ सहमतिमा बान्तावा सभापति बनेको काङग्रेसका एक नेताले बताए । जम्मा एक हजार २ सय २७ मतमा एक हजार १ सय ६७ मत सदर भएको छ भने ६० मत बदर भएको थियो ।
अन्य जिल्ला कार्य समिति तथा महाधिवेशन प्रतिनीधीको भने मत गणना हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार