भोजपुर । नेपाली कांग्रेस भोजपुरमा सभापति पदको लागि तीन जनाको प्रतिस्प्रर्धा हुने भएको छ । नयाँ नेतृत्वको लागि तिनै नेताले आफु विजयी हुने दावी गरेका छन् । यसअघि संस्थापन र संस्थापन इतर मात्र प्रतिस्प्रर्धा हुने भनिएकोमा सभापतिमा भने त्रिपक्षिय भिडन्त हुने भएको हो ।
नयाँ नेतृत्वको लागि सभापतिमा वर्तमान सभापति नन्दमणि राई, पुर्व जिल्ला सभापति वालकृष्ण थापा र महासमिति सदस्य विनोद बान्तावा वीचमा प्रतिस्प्रर्धा हुने भएको हो ।
यसअघि नेतृत्व लिइसकेकाबाट पार्टीअघि वढ्न नसक्ने भन्दै युवा नेता विनोद वान्तावा पनि अघि वढेका छन । वान्तवाले भने, म यसअघिका नेतृत्वको व्यवस्थापन सहित मेरो उमेद्धारी हुनेछ । पुर्व सभापति बालकृष्ण थापा र वर्तमान सभापति नन्दमणि राई प्यानल नै बनाएर निर्वाचनमा होमिन लागेको छ । यता, सभापतिका अर्का आकांक्षी विनोद बान्तावा पनि केहि पदाधिकारी सहित टिम घोषणा गर्ने तयारीमा रहेका छन ।
यस पटकको नेपालि कांग्रेसको निर्वाचनमा १४ सय वढि प्रतिनिधि सहभागि हुनेछन । सबै भन्दा वढी प्रतिनिधिद्धारा पहिलो पटक निर्वाचित हुन लागेको नेतृत्वको भविष्य युवा प्रतिनिधिको हातमा रहेको छ । यस पटक ७० प्रतिशत भन्दा नयाँ र युवा प्रतिनिधि सहभागि भएको कारण पनि युवा प्रतिनिधि नेतृत्व छनौटमा हावि हुने भएका हुन । जिल्ला कार्यसमिति संगै महाधिवेशन प्रतिनिधि छान्ने अधिवेशन भएका कारण कांग्रेसमा विभिन्न पदमा दावेदारि गर्नेहरु मत माग्ने क्रममा रहेका छन ।
सभापतिमा तीन जनाको दावेदारि रहे पहिलो चरणमा नै नेतृत्व चुन्न कम सम्भव रहेको बताइएको छ । कुनै पनि उमेद्धारले ५१ प्रतिशत नल्याए निर्वाचन दोस्रो चरणमा हुनेछ । यस पटकको निर्वाचनमा तीन सभापतिको उमेद्धार भए पछि थापा राई र बान्तावा आफ्नै रणनितिमा लागेका छन ।
पार्टी सभापति नन्दमणि राई आफु सबैभन्दा वलियो उमेद्धार भएको भन्दै अर्का प्रतिस्प्रधि विनोद बान्तावा संग समर्थन मागि रहेका छन । दुई वीचमा सहमति भए एक जनाको मात्र उमेद्धारी पर्न सम्भावना पनि रहेको छ । तर पहिलो पटक सभापतिको उमेद्धार दिदै सभापतिको दौडमा रहेका पुर्व नेविसंघ केन्द्रिय कोषाध्यक्ष विनोद बान्तावा आफु पछाडी नहटने बताइसकेका छन । बान्तावा भने वर्तमान सभापति नन्दमणि राईको सम्मान गर्दै आफु अगाढि बढ्ने बताउछन । बान्तावा भने पहिलो चरणको चुनाव पार गरे दोस्रो चरणमा आफ्नो जित सुनिश्चित भएको बताउँछन ।
यता, सभापतिको दौडमा पहिले देखि नै लागेका बालकृष्ण थापा भने पहिलो चरणमा नै आफु निर्वाचित हुनेमा ढुक्क रहेका छन । संस्थापनबाट नन्दमणि राई र बिनोद बानतावाको उमेद्धारी भएपछि आफुलाई जित झन सहज भएको बताउछन । तर दुवै सभापतिको उमेद्धारले आफ्ुलाई मतदान गर्ने युवा मतदाता बान्तावा तिर ढल्कने हो कि भन्ने चिन्ताले सताएको छ । नन्दमणि राईको भोट बढि बान्तावाले काट्ने अनुमान गरिएपनि मतदाताले बालकृष्णको पनि मत काट्न सक्ने अनुमान गरिएको एक नेताले बताए । उनका अनुसार थापा समुह भने जति बलियो छैन । नन्दमणि राई समुह पनि सोचे जस्तो कमजोर होइन । यस वीचमा विनोद बान्तावाले पनि सभापति जित्न सक्छन । यस पटक ७० प्रतिशत प्रतिनिधि युवा र नयाँ छन । जसले युवालाई समेट्छ नतिजा उसको पक्षमा हुन सक्छ ।
सभापति संगै अन्य पदाधिकारीमा पनि कडा प्रतिस्प्रधा हुने भएको छ । उपसभापतिका लागि पनि अरुण गाउँपालिकाका अध्यक्ष गजेन्द्रबहादुर कार्कीसहित दिनेशप्रसाद घिमिरे, डम्बर श्रेष्ठ, विश्वनाथ पराजुली, राजेन्द्र राई, कमल थुलुङ मैदानमा होमिएका छन । सचिवको दुई पदका लागि लागि समीरकुमार मोक्तान, सफल किराँत, चक्र कार्की र विष्णुराज राईको उमेद्धारी पर्ने भएको छ । सहसचिवका लागि मनोज खनाल, कर्ण मोक्तान, अमृत राई, देवी कार्कीले उम्मेरदवारी घोषणा गरेका छन ।
प्रदेश सभा ‘क’ को सभापतिमा सरोज बस्नेत , नगेन्द्र खत्री, गणेश बुढाथोकी र प्रदेशसभा ‘ख’को सभापतिमा मदन खुलाल सर्वसम्मत चयन भइसकेका छन् । प्रदेशसभातर्फ क्षेत्रीय अधिवेशन मङ्सिर ४ गते र केन्द्रीय महाधिवेशनको प्रतिनिधि छनोट तथा जिल्ला अधिवेशन मङ्सिर ५ र ६ गते हुने नेपालली कांगेस भोजपुरले जनाएको छ ।