भोजपुर । समाजवादी क्रान्तिको लागी तयारी गर्ने उदेश्यका साथ नेपाल कम्युनिस्ट पार्टी ( विप्लव समुह) भोजपुर जिल्ला पूर्ब सचिब सहित ३१ जना नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का पुर्व भोजपुर जिल्ला सचिव मोहनकुमार राई (मादेन) सहित ३१ जना जनयुद्द र जनआन्दोलनको उपलब्धिलाई जनता सम्म पुर्याउदै समाजवादी क्रान्तिको लागी तयारी गर्ने उदेश्यका साथ ध्रुविकृत हुदै माओेवादी केन्द्रमा प्रवेश गरेकाे मोहनकुमार (मादेन) ले वताए । राष्ट्रिय तथा अन्तराष्टिय राजनितिकलाई नियाल्दा अवको विकल्प माओवादि केन्द्र भएको वताए । विभिन्न जाति भाषा धर्म लिङ्गहरु प्रति नेपालमा कम्युनिष्ट भनिने पार्टिहरुले क्रान्ति शव्दको धज्जि उडाईरहेको वेला अव क्रान्ति र परिवर्तनलाई स्थायित्व माओवादि केन्द्रले मात्र गर्न सक्ने वताए ।
नेकपा माओवादी केन्द्र टेम्केमैयुङ गाउपालिका ८ वडा कमिटिले अयोजना गरेको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम मा पार्टी पोलिट व्यूरो सदस्य तथा भोजपुर जिल्ला ईन्चार्ज सासंद सुदन किराँतीले अविर माला लगाएर लगाएर नवप्रवेशिहरुलाई स्वागत गरेका थिए ।