भोजपुरमा ८१ वटै वडामा एमालेको अधिवेशन हुँदै


भोजपुर । नेकपा एमाले भोजपुरले वडा कमिटीहरूको गठन सुरु गरेको छ । पार्टी कार्यक्रम अन्तर्गत एमाले भोजपुरले पनि वडा अधिवेशन सुरु भएको हो ।
भोजपुरमा दुई नगरपालिका र सातवटा गाउँपालिकाअन्तर्गत ८१ वटा वडाहरू छन । नेकपा एमाले भोजपुर नगरपालिका वडा नम्बर ७ को वडा अधिवेशनले अर्जुन मोक्तानको अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा रामबहादुर श्रेष्ठ, सचिवमा छिरिङ शेपार्, उपसचिवमा छेची शेर्पा र उपसचिवमा नवीन पराजुली छन् ।
यस्तै, भोजपुर नगरपालिका वडा नम्बर ६ को वडा अधिवेशनले कुमार प्रधानको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरेको छ । यता षडानन्द नगरपालिका वडा नम्बर ११ को आयोजनामा नेकपा एमाले १ नम्बर टोल भेलाले विभिन्न कमिटीहरू गठन गरेको छ ।
भेलाले विनोद विष्टको अध्यक्षतामा १५ सदस्यीय टोल कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा श्यामकुमार ठकुरी, सचिवमा सुशील थापा, उपसचिवमा शान्ता राई रहेका छन् । यसैगरी प्रकाश खड्काको अध्यक्षतामा युवा सङ्घ र जयकुमारी राईको अध्यक्षतामा १७ सदस्यीय अखिल नेपाल महिला सङ्घको कमिटीसमेत गठन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार