भोजपुर । नेस्नल लाईफ इन्स्योरेन्सले १४ लाख मृत्यू दावी भुक्तानी गरेको छ । वैदेशिक रोजगारीको क्रममा कुवेतमा जयन गुमाएका २७ वर्षिय प्रशान राईको वुवा जग प्रसाद राई र आमा राजकुमारी राईलाई १४ लाखको चेक हस्तानतरण गरेको नेस्नल लाईफ इन्स्योरेन्सका शाखा प्रबन्धक घमचन्द्र दाहालले बताए ।
प्रशान राई वैदेशिक रोजगारका लागि कुवेत पुगेको २२ महिनापछि छतबाट लडेर ज्यान गएको उनको दिदी सरुना राईले जानकारी दिईन ।
शाखाले राईको मृत्यूदावी भुक्तानीको चेक आईतवार मृतकका बुवा र आमा राजकुमारीलाई प्रदान गरेको हो ।