भोजपुरका विजय भुजेल थ्री स्टार क्लबमा अनुबन्धित


भोजपुर । विजय भुजेललाई देशकै चर्चित ए डिभिजन लिग फुटबल क्लब थ्री स्टारले अनुबन्धित भएका छन् । सानो खेल मैदानमा खेलेर उचाई लिएका भुजेललाई दोस्रो सिजनका लागि पनि थ्री स्टारले अनुबन्ध गरेको हो।
भुजेललाई आकर्षक तलबसहित थ्री स्टारले भित्र्याएको हो। विङ्गर र स्ट्राइकरका रुपमा आफ्नो फुटवल खेल्दै आएका भुजेल सिधै ए डिभिजन लिग खेल्न सम्भवत पहिलो खेलाडी पनि हुन्। जिल्लाबाट आएका फुटबलरहरुको यात्रा प्रायः सी डिभिजनबाट सुरु हुन्छ। आफ्नो खेल कौशलकै कारण २४ वर्षीय विजय थ्री स्टारको नजरमा परेका हुन्।
उनले सानैदेखि फुटबल खेल्न थालेका थिए। उनी भोजपुरकै मैदानमा खेलेर हुर्किएका हुन् एन्फाका जिल्ला कोच बिनम श्रेष्ठले भने, जिल्लाबाट सिधै ए डिभिजन क्लबमा पुगेर खेल्न पाउनु ठूलो उपलब्धी हो। विजयले जिल्लाका अरु खेलाडीका लागि पनि प्रेरणाका श्रोत बनेका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार