मुक्तक



कमाउन सके भने तिर्न सक्छु रिन पनि
नआउला भन्दिन मेरा जस्तै दिन पनि
सङ्गै पाइला चालौँ भन्दा नमानीकन फेरि
चाडै दौडिएका छौ रोकिँदैन एक छिन पनि

सुन्दैछु, तिमी मेरो हाँसोमा हराउँछौ रे
मलाई नदेख्दा पागल झैँ कराउँछौ रे
म तिमीलाई माया गर्छु भन्न नसकेर
नजिक आऊ भन्दा त झनै डराउँछौ रे

सब्जी सकियो भनेर नडराऊ अर्को पनि हुन्छ
नुन थप्दा थप्दै कहिले काहीँ चर्को पनि हुन्छ
बुझ्नुपर्छ सबैले कस्तो छ व्यवहार घरको भनी
खाने बेलामा नकराऊ सधैँ भरि झर्को पनि हुन्छ

छातीमा हात राखेर भन्छु म यदि तिमी थिएनौ भने
मुटुको धड्कन रोकिन्छ मेरो तिमीले साथ दिएनौ भने
जीवनका धेरै दुःखलाई हाँसी हाँसी बिताउने तिमी त
पछुतो मान्छौ सधैँ भरि मैले दिएकाले अमृत पिएनौ भने

अहिले नै जस्तो लाग्छ घरनेर पाखैमा खेलेको
दुःख गर्थेउ सधैँ अनि म तिम्रो आँखैमा खेलेको
बाध्यताले मलाई बिरानो बनाइ छाड्यो आमा
झलझली सम्झन्छु न्यानो त्यो काखैमा खेलेको
हाल मोरङ्ग

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार