धरानकी समिताको हटसुट


नवोदित नायिका समिता गिरीले यसैसाता धरान आएर हट फोटोसुट गराएकी छिन् । विगतमा नृत्यका कारण धरानमा पहिचान बनाएकी उनले यसपटक मोडलिङको फरक पहिचान देखाउने प्रयास गरिन् ।

समिताले भोजपुरी र नेपाली गरी चारवटा फिल्ममा काम गरिसकेकी छिन् । नेपाली चलचित्र ‘धनवान’ र ‘मन त परदेशी’ असफल भएपछि समिताले चलचित्र क्षेत्रमा सफलताको स्वाद चाख्न अझै केही समय कुर्नुपर्ने देखिन्छ ।

नायिकाका रुपमा समिताको भूमिका रहेको सुरजचन्द ठकुरीद्वारा निर्देशित ‘उफ यो मन’ चलचित्र भने रिलिज हुन बााकी छ । यस चलचित्रले नेपाली चलचित्र उद्योगमा आफ्नो असफल पहिचान बन्ने समितिको विश्वास छ ।

भोजपुरी म्युजिक भिडियोबाट यस क्षेत्रमा प्रवेश गरेकी समिता मूलधारको फिल्ममा जम्न सकेकी छैनन् । तर, उनी यसमा सफलता चुम्न चाहेको बताउाछिन् । समिताले करिब दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी छिन् ।

सानैदेखि नृत्य र अभिनय गर्न मन पराउने समिता केही समयअघि धरानमा डान्स सेन्टर खोलेर नृत्य प्रशिक्षण गराउने गर्थिन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार